मस्तिष्कमा नराम्रो असर पार्ने ६ खानेकुरा


 


एजेन्सी, असोज ७
गलत खानपानले डोपामाइन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समीटर्स प्रभावित हुन्छ ।

एक अध्ययनका अनुसार चिनीको मात्रा उच्च भएमा, स्याचुरेटेड फ्याटयुक्त खानले हिप्पोक्यापस प्रक्रिया (एक जटिल मस्तिष्कको स्वरुप) मा परिवर्तन गर्छ ।

त्यसैले चिकित्सकले यस्तो प्रक्रियामा बदलाव गर्ने चिजबाट टाढा रहन सल्लाह दिने गर्छन् ।

केक वा कुकिज
केक, कुकिज, क्रैकर र कोल्ड ड्रिंक्स जस्ता खानेकुरामा चिनीको मात्रा उच्च हुन्छ । यसले हाम्रो मस्तिष्कको भेष्टलाइनलाई खतरनाक असर पुर्याउन सक्छ । त्यसैले प्रोसेस्ड फुडमा हुने रिफाइन्ड शुगरलाई विशेष रुपमा कम गर्न सल्लाह दिइन्छ । त्यसैले यसको सट्टामा स्वस्थकर खाना खानुपर्छ ।

धेरै नुन भएको खानेकुरा
चिप्स, पिज्जा, क्यान सुन र प्रोसेस्ड मिडमा सोडियमको मात्रा धेरै हुन्छ । यसले मस्तिष्कका कोशिकाहरुमा भएको प्रोटिनको मात्रालाई अस्थित बनाउँछ । टाऊ प्रोटिनको मात्रा बढाएर डिमेन्शिया जस्ता रोगहरुलाई बढाउँछ ।

प्रोसेस्ड मीट
अल्जाइमरको खतराबाट बच्नका लागि विशेषज्ञले प्रोसेस्ड मिटसहित इन्फ्लेमेटरी खानाबाट टाढा रहन सल्लाह दिन्छन् । प्रोसेस्ड मिट केमिकल, अत्यधिक नुन, धुँवा, सुख्खा र क्यानिग जस्ता प्रक्रियाबाट तयार हुने भएकाले यसले मस्तिष्कलाई गम्भीर असर पार्छ ।

मादक पदार्थ
मादक पदार्थले न्यूरोट्रान्समीटर्सलाई गडबढ गर्ने भएकाले हाम्रो दिमागमा नराम्रो असर पर्छ ।

सेतो पाउरोटी र चामल
अनुसन्धानका अनुसार सेतो पाउरोटी र सेतो चामलको अत्यधिक सेवनले अल्जाइमर जस्ता समस्या पैदा गर्छ । यसको सेवन सही मात्रामा मात्र गर्नुपर्छ ।

प्रकाशित मिति: ७ आश्विन २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्