शाहरुख खानको घरमा सेलिब्रेटीको दौडधुप, बयानमा आर्यनले के भने ?


 


एजेन्सी, असोज १९
भारतीय सुपस्टार शाहरुख खानका छोरा आर्यन खान एनसीबीको कस्टडीमा छन्। ड्रग्स प्रकरणमा पक्राउ परेका उनलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

छोराका कारण तवानमा रहेका बलिउड बादशाह शाहरुखलाई धेरैले सहानुभुति दिइरहेका छन्। आर्यनका वकिल सतीश मानशिन्देले शाहरुखलाई घरमै गएर भेटेका छन्। मानशिन्दे सोमबार राति शाहरुखको घर मन्नत गएका थिए।

अदालतमा भएको बहसमा आर्यनका वकिलले बेकारमा आफ्नो क्लाइन्टलाई दुःख दिएको बताएका थिए। उनले आर्यनले चाहेमा शिप नै किन्न सक्ने बताउँदै ड्रग्स बेचिरहनु नपर्ने जानकारी गराएका थिए।

शाहरुखलाई भेट्न सलमान पनि उनको घर मन्नत पुगिसकेका छन्। सलमानको बहिनी र भाउजु पनि मन्नत गएको बताइएको छ। अन्य सेलिब्रेटीहरुले पनि शाहरुखलाई चिन्ता नगर्न आग्रह गरिरहेका छन्।

एनसीबीले आर्यनको फोनमा केही आपत्तिजनक क्लु भेटिएको जानकारी गराएको छ। उनको सिधा सम्पर्क अन्तर्राष्ट्रिक ड्रग्स माफियासँग रहेको एनसीबीले दाबी गरेको छ।

सोधपुछका क्रममा आयर्नले पार्टीमा आफूलाई पाहुनाका रुपमा बोलाइएको बताएका थिए। स्रोतका अनुसार क्रुजभित्र भएको पार्टीको एक भिडियो पनि एनसीबीसँग रहेको छ। आर्यनको मोबाइल एनसीबीले जफत गरेको छ। उनको मोबाइलबाट पनि थुप्रै रहस्यहरु बाहिरिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्