Deshko News
८ आश्विन २०८०, सोमबार

बलिउड बादशाह शाहरुख खानको कुल सम्पत्ति कति छ ?



एजेन्सी, कार्तिक १७
बलिउड बादशाह शाहरुख खान ५६ वर्ष पुगेका छन्। ठूलो संघर्ष गरेर बलिउडमा उदाएका शाहरुखका विश्वभर प्रशंसकहरु छन्। उनी दिल्लीका एक मध्यमवर्गीय परिवारका युवक थिए। उनको आर्थिक अवस्था यति दयनीय थियो कि परिवारसँग फिल्म हेर्न लैजानका लागि पैसा थिएन। शाहरुख १५ वर्षको हुँदा उनका बाबुको मृत्यु भयो।

त्यसपछि उनले आफ्नो खर्च जुटाउनका लागि सानो–तिनो काम गर्न थाले। उनी कन्सर्टहरुमा सिट मिलाइदिने काम गर्दथे। यसका लागि उनलाई ५० रुपैयाँ मिल्थ्यो। संघर्षका दिनमा धेरैपटक आफू दिल्लीका गल्लीहरुमा सुतेको शाहरुखले बताएका छन्।

अभिनयमा स्थापित हुने अभिलाषाका साथ उनी दिल्लीबाट मुम्बई आएका थिए। १९९१ मा आमाको मृत्यु हुँदासम्म शाहरुखले टिभी सिरियलहरुमा काम गर्न थालिसकेका थिए।

परिवारमा रहेको समस्याबाट छुटकारा पाउन शाहरुखले फिल्ममा खेल्ने निर्णय गरे। १९९२ मा रिलिज भएको उनको पहिलो फिल्म दिवाना सफल भयो। यही वर्ष चमत्कार र राजु बनेगा जेन्टलम्यान पनि रिलिज भए, यी फिल्मको व्यापार पनि राम्रो रह्यो। त्यसयता, शाहरुखले जीवनमा पछाडि फर्केर हेर्नु परेको छैन। आज बलिउडमा उनले बादशाहको छवि बनाएका छन्।

शाहरुखले आफ्नो पुरै करियरमा ५१ सय करोड रुपैयाँ कमाएका छन्। एक रिपोर्टअनुसार शाहरुखले हरेक महिना कम्तिमा १२ करोड रुपैयाँ कमाउने गरेका छन्। जबकी, वर्ष दिनभरको कमाई २ सय ४० करोड भारुभन्दा धेरै छ।

उनले फिल्म र विज्ञापनको सुटिङबापत राम्रो रकम कमाउने गरेका छन्। फिल्मबापत ४०–५० करोड र विज्ञापनको सुटिङका लागि २२ करोड रुपैयाँ फिस लिन्छन्। शाहरुखको घरको ‘मन्नत’ नामले चिनिन्छ। फ्यानहरु यो घरबाहिर आएर फोटो खिच्ने गर्छन्। यस घरको मुल्य २ सय करोड भारु हो। शाहरुखले दुबईमा पनि अर्को एउटा सानो घर किनेका छन्।

शाहरु घडी र गाडीका सौखिन हुन् । उनलीसँग बुगाटी भेरोरो, बीएमडब्ल्यु ६ सिरिज, मित्सुबिसी पजेरो, बिएमडब्ल्यु ७ सिरीज आर, ओडि ए ६, ल्यान्ड क्रुजर, रोल्स रोयस ड्रप हेट कूपलगायतका विलासी गाडीहरु छन्।

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News