कट्रिनाले विवाहबारे किन खोलिनन् मुख ?



एजेन्सी, मंसिर १
बलिउड अभिनेबी कट्रिना कैफ सुन्दरताका कारण सधैं चर्चामा हुन्छिन्। दुनियाँ उनको दिवानी छ। अभिनेता सलमान खानसँगको उनको निकटता र अर्का अभिनेता रणवीर कपुरसँगको लभ अफेयरका कारण उनी लामो समय चर्चामा रहिन्।

तर यीभन्दा पनि अभिनेता विक्की कौशलसँगको सम्बन्धले बजारलाई बढी ततायो। यसै वर्ष विक्की कट्रिना विवाह बन्धनमा बाँधिन लागेको बताइएको छ। भारतीय सञ्चार माध्यमले विवाहबारे सम्पूर्ण जानकारी निकालिसकेका छन्। तर यसको आधिकारिकता भने कतैबाट पुष्टि भएको छैन।

न विक्कली विवाहबारे केही भनेका छन् न कट्रिनाले मुख खोलेकी छिन्। आजतकका अनुसार कट्रिना आफ्नो पुराना सम्बन्धहरुका कारण विवाहबारे नबोलेकी हुन्। प्रेममा उनको दि धेरैपटक टुटिसकेको छ। असफल प्रेमबाट थाकेकी कट्रिनाको फिल्म करियरमा पनि कुनै समय ठूलो असर देखिएको थियो।

कट्रिनाले विक्कीसँगको सम्बन्धलाई गुपचुप राख्दै सिधै विवाह गर्न खोजेको बताइएको छ। उनीहरुको विवाह राजस्थानमा हुने दाबी गरिएको छ। डिसेम्बरमा विवाह तय भएको र पाहुनाहरुको लिस्टसमेत तयार भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News