Deshko News
९ आश्विन २०८०, मंगलबार

प्रिती जिन्टा बनिन् जुम्ल्याहा बच्चाको आमा



मुम्बई, मंसिर ३
बलिउड अभिनेत्री प्रिती जिन्टाले जुम्ल्याहा बच्चाको जन्म दिएकी छन्। उनले ट्वीटरमार्फत् यस्तो जानकारी दिएकी हुन्।

उनले पति जीन गुडइनफसँग तस्बिर सेयर गर्दै डाक्टर, नर्स तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएकी छन्।

उनले जीवनको नयाँ यात्राका लागि आफूहरु खुसी भएको उल्लेख गरेकी छन्। उनले बच्चाको नाम जय र जिया राखेकी छन्।

प्रिती जिन्टा दिल से फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले सोल्जर, क्या कहेना, चोरी चोरी छुपके छुपके, दिल चाहता है, दिल है तुम्हारा, सलाम नमस्ते, कभि अलविदा ना कहेनाजस्ता फिल्ममा अभिनय गरेकी छन्। उनले थुप्रै अवार्डहरुसमेत जितेकी छन्।

प्रकाशित मिति: ३ मंसिर २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News