Deshko News
९ आश्विन २०८०, मंगलबार

‘नाई नभन्नु ल ४’ तिहार उपहार



naaai-na-bhanu-laकाठमाडौं, कार्तिक १५

फिल्म ‘नाई नभन्नु ल ४’ हिजो ईन्टरनेटमा रिलिज भएको छ । निर्देशक तथा निर्माता विकासराज आचार्य तथा पटकथा लेखक सामिप्यराज तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको लिङ्क सेयर गर्दै ‘तिहारको शुभकामना लेखेका छन् ।

हिट सिरिज ‘नाई नभन्नु ल’को चौथो सिक्वेललाई दर्शकले राम्रो साथ दिएका थिए भने यसमा समावेश गीत संगीतले पनि राम्रै लोकप्रियता कमाएको थियो । जुन फिल्मबाट हिट मोडल पल शाहले डेब्यू गरे तथा डेब्यू अभिनेता तर्फ भिन्ना भिन्नै अवार्ड समारोहमा ट्रफी उचाले ।

यहि फिल्मबाट मोडल द्वय आँचल शर्मा र बर्षा राउतले पनि नेपाली रजतपटमा डेब्यू गरेका हुन् । फिल्ममा उल्लेखित तीन अनुहारसँगै प्रियंका कार्की, अनुभव रेग्मी, सरोज खनाल लगायत अभिनयमा छन् भने बसन्त सापकोटाको संगीत समावेश छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News