Deshko News
११ आश्विन २०८०, बिहिबार

निशान भट्टराई को नयाँ गीत सार्वजनिक (भिडियो सहित)



म्यूजिक भिडियो बाट पनि सामाजिक कथा देखाउन सकिन्छ भनेर पछिल्लो समय कथा बुनेर म्यूजिक भिडियो बनाउने चलन बढ्दो छ । यसै बिच निर्देशक राज बस्न्यातको निर्देशनमा मिलाउने दैव छुटाउने दैव बोलको गीत सार्वजनीक गरिएको छ ।

निर्देशक बस्न्यातले आधा दर्जन भन्दा बढि फिल्म निर्देशन गरिसकेका छन् । निशान भट्टराइको आवाज , तिलक भट्टराईको शव्द एवं बसन्त सापकोटाको संगीत रहेको गजल गीतको भिडियोले अहिले समाजमा देखिरहेको परिस्थिति लाइ छर्लङ्ग पारेको छ ।

हाइलाइट्स नेपाल बाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा पनाह अधिकारी , तिलक भट्टराई , राज बस्न्यात , सुरज पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

यस गीतलाइ वाइपी घिमिरेले छायांकन गरेका हुन् भने सम्पादन निर्देशक बस्न्यात स्वयंले गरेका छन् । भिडियोमा कलर भर्ने काम भने जोन तामाङले गरेका हुन् ।

हेरौ यो भिडियो

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News