एनआरएन निर्वाचनको कार्यतालिका प्रकाशित


 


काठमाडौं, मंसिर १५
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी पुस ११ र १२ गते हुने भएको छ। संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ गतेको लागि तय गरिएको निर्वाचन मिति हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनय मंसिर २५ गते हुनेछ। यस्तै निर्वाचन पुस ११ र १२ गते ९डिसेम्बर २६ र २७० मा हुने निर्वाचन समितिले जनाएको छ ।

संघमा दुई पक्षबीच विवाद भएपछि परराष्ट्र मन्त्रलायले गत असोज ११ र कात्तिक १७ गते पत्राचार गर्दै निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि निर्वाचन रोकिएको थियो।

परराष्ट्र मन्त्रालयको निर्णयलाई चुनौति दिँदै एनआरएनका अध्यक्ष कुमार पन्तले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए।
आइतबार अदालतले परराष्ट्र मन्त्रालयको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेका हो।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्