अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ



एजेन्सी, मंसिर २०
भारतीय प्रहरीले अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार पक्राउ गरेको छ। विदेश जाने क्रममा उनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरिएको हो।

मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरेको थियो। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्।

प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।

हाल फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ। उनलाई प्रहरीले खोजेको बेला उपस्थित हुने सर्तमा छाडिएको हो।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News