‘रजतपट’ सञ्चालक सुवेदीविरुद्ध अभिनेत्री वर्षाले दिइन् उजुरी


 


काठमाडौँ, पौष ९
अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् ।आफ्नो व्यक्तिगत कुरासँग गलत समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै वर्षाले केहीदिन अगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छिन् ।

‘आफ्नै सम्पतिले किनेको घर अरुले किनिदिएको भनेर कार्यक्रममा गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् । गलत र भ्रामक समाचारले परिवार र आफन्त सबै दु:खी भएको बताएकी छिन् । आफ्नो पर्सनल जीवनमा यसले नराम्रो असर पारेको छ ।’ निवेदकको विषयमा विकास बोर्डमा छलफल भइरहेको बताएकी शिवाकोटीले अझै अगाडि बढ्नुपरे तयार रहेको सुनाइन् ।

अभिनयको विषयका विभिन्न कुरा जोडेर आउने गसिफ आफुले सामान्य रुपमा लिँदै आएको बताएकी बर्षाले भनिन् ‘पर्सनल कुरोसँग जोडेर गलत समाचार प्रसारण विषयमा म चुप बस्न सक्दिन ।’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले वर्षाले बोर्डमा उजुरी दिएको पुष्टि गरे । ‘वर्षाले ‘रजतपट’ र प्रकाश सुवेदीविरुद्ध एक उजुरी बोर्डमा दर्ता गराउनु भएको छ’ अध्यक्ष दाहालले भने ।

प्रकाशित मिति: ९ पुस २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्