सर्पसँगको फोटोसुट गर्दा गायिकालाई चिउडोमा टोकेपछि…


 


एजेन्सी, पौष १३
सर्पसँगको फोटोसुट गर्दा गायिका मेटालाई चिउडोमा टोकेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् ।

त्यही बीचमा कालो रंगको सर्पले उनको चिउडोमा टोक्छ । सर्पको टोकाईका कारण डराएकी मेटाले तुरुन्तै सर्पलाई फ्याक्छिन् ।

गायिका फोटोसुटका लागि भुइँमा सुतेकी थिइन् । त्यही बेला उनको शरीरमाथि केही सर्पहरु देखिए ।

गायिकाले कालो रंगको लेस लगाएकी थिइन् । त्यहाँ सेतो रंगको सर्प राख्दा त्यहाँ पहिले नै रहेको कालो रंगको सर्पले सेतो सर्पलाई टोक्छ ।

प्रकाशित मिति: १३ पुस २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्