शिवम् सिमेन्टद्वारा ५२ स्थानका ३ हजार ४५ निर्माण कर्मीहरुलाई अन्तक्रिया, ५ लाख बराबरको जोखिम बीमा



काठमाडौं, पुस
शिवम् सिमेन्ट लि.ले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माण कर्मीहरुसंग निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रमा सम्पन्न गरेको छ । अन्तरक्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त निर्माणकर्मीहरुको रु ५ लाख बराबरको जोखिम बीमा समेत गराएको थियो ।

उक्त अन्र्तक्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

सो अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि रु. ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।

यसका साथै उपस्थित ३ हजार ४५ निर्माण कर्मीहरुलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरु, व्याग, टिफिन बक्स आदिका साथै इन्सुरेन्स पोलिसी समेत हस्तान्तरण गरेको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुको विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम संचालन गरिएको थियो ।

शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एन.टि.सी.) ९८०१५७५५७५ (एन.सि.एल.) मा सम्पर्क गर्न सकिने छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरु को लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरु संगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “त्तगबष्तिथ को मामलामा ल्य ऋयmउचयmष्कभ, जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News