‘विकिनी गर्ल’ अर्चना जसले पाइ्न् भारतीय राष्ट्रिय कांग्रेसको टिकट



मेरठ, पौष ३०
भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले १२५ सिटका लागि उम्मेदवारको घोषणा गरेकी छिन् । महासचिव गान्धीले बिहीबार घोषणा गरेका उम्मेदवारको सूचीमा ४० प्रतिशत महिलालाई टिकट दिएको छ ।

उम्मेदवारको लिष्टमा नायिका अर्चना गौतमको समेत नाम रहेबाट भारतीय कांग्रेसी जनतामा उत्साह थपिएको छ । महासचिव गान्धीले अर्चनलाई मेरठको हस्तिनापुरबाट चुनावका लागि टिकट दिएकी छिन् ।

प्रियंका गान्धीले टिकट दिएकी अर्चना सन् २०१४ मा मिस उत्तर प्रदेश बनेकी थिइन् भने त्यसपछि उनी मिस बिकीनी इन्डिया, मिस बिकिनी युनिभर्स इन्डिया र मिस बिकिनी युनिभर्सको विजेता बनेकी थिइन् । त्यस्तै उनले सन् २०१८ मा मलेशियामा मिस कस्मस वल्र्डमा भारतको प्रतिनिधित्व पनि गरेकी थिइन् ।

उनले सन् २०१८ मा मलेशियामा मिस ट्यालेन्ट २०१८ को उपाधि हात पारेकी थिइन्, त्यसपछि ग्ल्यामरको दुनियामा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News