‘माया गर्न मन छ’ मा पुष्प र शिल्पा


 


काठमाडौँ, माघ २९
‘भ्यालेन्टाइन डे’ नजिकिदै गर्दा माया प्रेमका गीतहरु बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा भ्यालेन्टाइमको अवसर पारेर गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक गरिएको छ ।

प्रविन बेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतमा संगीत संयोजन फणीन्द्र राईको छ ।

गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा फिल्म मंगलम् जोडी अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोका निर्माता तेजी प्रसाई हुन् । भिडियोमा हरि हुमागाईको छायांकन र विकाश दाहलको सम्पादन रहेको छ । गीत गीतकार प्रसाइकै च्यानल प्रसाइसन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो ।

एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् ।

चितवन स्थाई घर भएका प्रसाई सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र गजल समेत लेखन गर्दै आएका प्रसाई पछिल्लो समय अमेरिका रहँदै आएका छन् ।

प्रकाशित मिति: २९ माघ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्