शिवम् सिमेन्टका अध्यक्ष डा. गोयललाई प्रोफेसनल डक्टोरलको उपाधि


 


काठमाडौं, फागुन १३
शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाई यूरोपियन इन्टरनेसनल युनिभर्सिटी (ईआईयू) पेरिसले विजनेश म्यानेजमेन्टमा प्रोफेसनल डक्टोरलको सर्टिफिकेट पाएका छन् ।

डा.गोयल स्थापनाकाल देखिनै शिवम् सिमेन्ट लिमिटेडमा आबद्ध रही शिवम् सिमेन्टलाई छोटो समयमा ग्राहकहरु माझ लोकप्रिय ब्राण्ड बनाउन सफल भएका छन् ।

उनको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुका साथ साथै सर्वसाधारणमा शेयर निस्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बनेको शिवम् सिमेन्टले जनाएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्