सलमानको फिल्ममा शाहरुख पनि


 


s-s-k-k-kकाठमाण्डौ ,कार्तिक १८

भरतका चर्चित नायक सल्मान खान प्राय व्यस्त रहने गर्छन । कहिले टिभी शो मा त कहिले चलचित्रमा । उन्लाई हरेक समय सफल्ता पनि मिलिरहेको हुन्छ । सल्मान खान भनेपछि कतिपय दर्शकले उन्लाई हेर्नलाई भएपनि उन्का कार्यक्रम तथा चलचित्र हेर्ने गर्दछन ।

प्राय जसो हरेक चलचित्र बाट सफल्ता पाएका नायक सलमान खान यतिबेला आफनो नयाँ चलचित्रका लागि व्यस्त रहेको खवर आएको छ । कबिर खानले निर्माण गर्न लागेको नया चलचित्र टयुवलाइट मा सलमान मुख्य भुमिकामा रहने छन । चलचित्रको सुटिङ भने सुरु भइसकेको बताईएको छ ।

तर चलचित्रको नाम टयुवलाइट भनिएपनि पछि फेरबदल हुन सक्ने खवर पनि आएको छ ।
एक समयमा सँगै काम गर्ने नायक द्धय सलमान खान र शाहरुख खान पछिलो समय एक अर्का बिच मनमुटाब थियो । फेरि आएर उनिहरुको सम्बन्धमा केहि सुधार भने आएको देखिन्छ ।

salman-and-sharukh

सलमान र शाहरुख खान लाई एकै साथ धेरै दर्शकले हेर्न चाहान्थे । त्यो चाहाना भने अब पुरा हुने भएको छ । आउँदै गरेको चलचित्र टयुवलाइटमा भने शाहरुख खानलाई पनि देख्न पाइने भएको छ । मुख्य भुमिका मा नदेखिए पनि उनको अभिनय आउँदै गरेको चलचित्रमा देख्न सकिने निश्चित नै भएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्