सुनको मूल्य एक लाख रुपैयाँ नजिक


 


काठमाडौँ, फागुन १८
सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्