स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, अब प्रतिदिन २५ हजार मात्रै पठाउन मिल्ने
![](https://www.deshkonews.com/wp-content/uploads/2021/06/Nepal-Rastra-Bank.jpg)
काठमाडौँ, फागुन १९
नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ ।
केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाएको हो ।
अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो ।
यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ तोकिएको थियो ।
![](https://www.deshkonews.com/wp-content/uploads/2022/03/rimitt-768x698.png)
प्रकाशित मिति: १९ फाल्गुन २०७८, बिहिबार