दुर्घटनामा एकजनाको मृत्यु


 


accidentकाठमाडौं, कात्तिक १८

धरानमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अरु १९ जना यात्री घाइते भएका छन् ।

धरान–८ तीनकुनेमा आज  दिउँसो यात्रीबहाक बस र स्र्कापियो जिप एकापासमा ठोक्किँदा स्र्कापियोका चालक बराहक्षेत्र गाविस–६ का बाबुराम तामाङको मृत्यु भएको हो ।

धरानबाट इटहरी जाँदै गरेको को१च ८७७३ नम्बरको महेन्द्रनगर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको जिप र विपरीत दिशाबाट आउँदै गरेको मे१ख ९७४ नम्बरको बस ठोक्किएका हुन् ।

बसले टेम्पोलाई ओभरटेक गर्नेक्रममा जिपसँग ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक मेघराज अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका बसका यात्रीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्