एमालेका उद्योगी व्यवसायीको राष्ट्रिय महाधिवेशनको तयारी तिब्र


 


काठमाडौं, चैत १५
नेकपा एमालेका उद्योगी, व्यवसायीहरुको राष्ट्रिय महाधिवेशनको तयारी तिब्र बनेको छ । एमालेको जनवर्गिय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत्र २३ र २४ गते काठमाडौंको कमलादीमा हुँदैछ ।

करिब १२ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा यतिबेला प्रतिनिधि छनोटको काम तिब्र भइरहेको महासंघका केन्द्रीय अध्यक्ष एलपी साँवा लिम्बुले जानकारी दिए ।

अध्यक्ष लिम्बुका अनुसार यतिबेला प्रतिनिधि चयनको तयारी तिब्र भएको छ । यही १७ गते पालिकाबाट प्रतिनिधि चयन हुँदैछन् । त्यस्तै १८ गते जिल्लाबाट, १९ गते प्रदेशबाट र २० गते वस्तुगत संघहरु र कर्पाेरेट संस्थाहरुबाट प्रतिनिधि चयन हुँदैछन् ।

महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । १७ पदाधिकारी सहित २ सय ९९ सदस्यीय नयाँ कार्य समिति बन्ने अध्यक्ष लिम्बुले जानकारी दिए ।

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्