एमालेका उद्योगी व्यवसायीको राष्ट्रिय महाधिवेशनको तयारी तिब्र, विभिन्न उपसमिति गठन


 


काठमाडौं, चैत १६
नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

विधान संसोधन उप समिति संयोजक डिवि बस्नेतले परिवर्तित समय अनुसार विधानलाई संशोधन सहित पदाधिकारी बैठकमा पेश गरेका थिए । बस्नेतले पेश गरेको संशोधन सहितको विधालाई अन्तिमरुप दिने निर्णय बैठकले गरेको छ ।

यसैगरी महाधिवेशनमा अतिथि व्यवस्थापन तथा स्वागतका लागि महासचिव भागिरथ सापकोटाको नेतृत्वमा समिति गठन गरिएको छ । हल व्यवस्थापना उपसमितिको संयोजकमा सूर्वण श्रेष्ठ संयोजक रहेको उपसमिति गठन गरिएको छ ।

देशभरबाट महाधिवेशनमा आउने प्रतिनिधिहरुको व्यवस्थापनका लागि मोतिलाला ज्ञावलीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । सामग्री उपलब्ध तथा व्यवस्थान समितिको संयोजकमा गोविन्द घिमिरे, र खाना खाजा संयोजकमा मिनबहादुर तामाङलाई जिम्मा दिने निर्णय गरेको छ ।

महासंघले आगामी चैत्र २३ र २४ गते हुने आफ्नो दोस्रो महाधिवेशनलाई लक्षित गरेर अन्य तयारीका लागि जुट्न केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्ला र पालिकास्तरसम्मका महासंघमा आवद्ध जिम्मेवार सदस्यहरुलाई अनुरोध गरेको छ ।

बैठकमा महासंघका अध्यक्ष एपी साँवा लिम्बुले यो एेतिहासिक महाधिवेशन नेपाली उद्योगी व्यवसायीहरुको हितका लागि प्रभावकारी हुने बताए ।

प्रकाशित मिति: १६ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्