अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उम्मेदवारी दिने


 


काठमाडौं, चैत्र २३
आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् ।

उन्नत लोकतन्त्र पार्टीले केसीलाई काठमाडौं महानगरको मेयर पदमा उठाउने निर्णय गरेको हो।

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्