कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु


 


काठमाडौं, चैत २३

प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ । मृत्यु भएका सैनिकको परिचय भने खुलाइएको छ ।

राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।

महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्