सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?



काठमाडौं, २४ चैत्र,
आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्