अवैध रुपमा युरोप छिर्न लागेका ३७ नेपाली टर्कीबाट पक्राउ


 


काठमाडौं, चैत्र २७
अवैध रुपमा युरोप छिर्ने तयारीमा रहेका ३७ नेपालीहरु टर्कीमा पक्राउ परेका छन् । उनीहरुलाई इस्तानबुलस्थित एक घरबाट टर्किस प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्तयार यात्रु झैं सुटेकस थियो र ती सबै मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा थिए । इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् ।

पक्राउको यो घटनाबारे टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले पनि खबर पाएका थिए । एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रहरीले पाएपछि त्यहाँ छापा मारेको थियो ।

उनले पक्राउ परेको घर पनि एक नेपाली बस्दै आएको र सो घरलाई घटनापछि सील गरिएको बताए । घिसिङले अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए ।

प्रकाशित मिति: २७ चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्