Deshko News
११ आश्विन २०८०, बिहिबार

नेपाल व्यवस्थापन संंघको कार्यकारी वोर्ड सदस्यमा शिवम् सिमेन्टका गोयल निर्वाचित



काठमाडौं, चैत २७
शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संंघ, नेपाल (MAN) को कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित हुनु भएको छ ।

शनिबार सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपाल (MAN) को ४१ औं बार्षिक साधारण सभामा गोयल संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित हुनु भएको हो ।

उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो । यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो

प्रकाशित मिति: २७ चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News