Deshko News
१४ आश्विन २०८०, आइतबार

गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका १० नेपाली निष्काशित 



काठमाडौं, चैत्र २९ 
शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन ।

अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुव कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउतले र बिराज केसीलाई समेत निष्काशन गरेको छ।

आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो।​ निष्कासित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको हो। गल्फ स्ट्रीम जहाजको भीएन ७४० एसएस को उडानबाट अमेरिकाले  उनीहरुलाई निष्काशन गरेको हो ।

उनीहरुसँग नेपालको राहदानीसमेत थिएन। अवाञ्छित ढंगले अमेरिका प्रवेश गरेको सूचना पाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई पक्राउ गरेको थियो। अमेरिका प्रवेश गरेपछि उनीहरुले आफ्नो राहदानी लगायतका आवश्यक कागजात फालेका थिए। 

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News