बढ्यो सुनचाँदीको मूल्य


 


काठमाडौँ, चैत्र २९
नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८ सयले बढेर १ लाख ८ सय रुपैयाँ कायम भएको छ ।

सोमबार सुन तोलाको १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरि, आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १३ सय ६५ रुपैंयामा कारोबार भएको चाँदी आज १५ रुपैंयाले बढेर प्रतितोला १३ सय ८० पूगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्