नेपाल व्यवस्थापन संंघको उपसभापतिमा गोयल निर्वाचित


 


काठमाडौं, चैत ३०
नेपाल व्यवस्थापन संंघ, MAN को प्रथम उप–सभापति पदमा शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल निर्विरोध निर्वाचित हुनु भएको छ ।

बुधबार बसेको म्यानको कार्यकारी वोर्डको बैठकबाट गोयल प्रथम उप सभापति पदमा निर्वाचित हुनु भएको हो । MAN को यहि चैत्र २६ गते, काठमाडौंमा सम्पन्न भएको ४१ औं बार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्फबाट शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जनावोर्ड सदस्यमा निर्वाचित हुनु भएको थियो ।

वोर्ड सदस्यहरु मध्येबाट उपेन्द्र पौड्याल अध्यक्षमा र डा. गोयल प्रथम उप–सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्