एसईई परीक्षा आजदेखि सुरु, ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुँदै


 


काठमाडौं, वैशाख ९
माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ ।

बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्