कक्षा १२ को परीक्षाको समय परिवर्तन, बिहान ८ बजेदेखि ११ बजेसम्म हुने


 


काठमाडौं, वैशाख ११
कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो ।

विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ ।

कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्