सुनको मूल्य घट्यो


 


काठमाडौँ, वैशाख ११
साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैंयाले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेर प्रतितोला १ लाख ५ सय पुगेको छ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख कायम भएको छ।

त्यसैगरि, आज चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार प्रतितोला १३ सय ६० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य तोकिएको महासंघले जनाएको छ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्