साम्राज्ञी तेश्रो प्रोजेक्टमा अनुबन्ध



new-starकाठमाण्डौ, कार्तिक २०

‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञराज्यलक्ष्मी शाह तेश्रो प्रोजेक्टमा अनुबन्ध भएकी छिन् । पहिलो फिल्मबाट नै आधा दर्जन बराबर अवार्ड थापिसकेकी साम्राज्ञीले दोश्रो प्रोजेक्टमा झरना थापाको ‘ए मेरो हजुर’ गरेकी थिईन् ।

झरनाको प्रोजेक्ट छायाँकन सकिएसँगै साम्राज्ञी अर्को प्रोजेक्टको तयारीमा जुटेकी हुन् ।

कलाकार शिशिर राणाको प्रोजेक्ट ‘तिमी सँग’ मा साम्राज्ञी लिड हिरोईनमा अनुबन्ध भएकी हुन् । जहाँ उनले ‘म त तिम्रै हुँ’ डेब्यू अभिनेता आकाश खड्कासँग अनस्कृन रोमान्स गर्नेछिन् ।

नमन प्रोडक्शन प्रालीको व्यानरमा बन्न फिल्म छिट्टै नै फ्लोरमा जाने बताईएको छ । फिल्मको नामले नै प्रेमकथाको छनक दिन्छ । साम्राज्ञीको अभिनयले पहिलो फिल्मबाट नै राम्रो तारिफ पायो भने उनले आम दर्शकबाट वाही वाही बटुलिन् ।

‘ड्रिम्स’को अभिनयले नै उनलाई नेपाली फिल्म उद्योगले चम्किलो नक्षत्रको रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News