सर्पको विष पचाउँने अचम्मको गाउँ !


 


sarpa

एजेन्सी ।

भारतको बिहार राज्यस्थित समस्तीपुर इलाकामा एउटा सिन्धियाघाट नामक गाउँ रहेको छ । सो गाउँका मानिसहरु यति धेरै बलवान छन् की उनीहरुलाई जस्तो सुकै विषालु सर्पले डसेपनि फरक पर्दैन ।

सर्पले डसेर सर्पकको विष शरिरमा फैलिए पनि उक्त गाउँका मानिसहरु मर्दैनन् अर्थात उक्त गाउँमा मानिसहरुले सर्पको विष पचाइदिन्छन् ।

नागपञ्चमीको अवसरमा त्यहाँ सर्पको मेला नै लाग्ने गर्छ । र सो मेलामा मानिसहरु सर्पसँग खेल्दछन् ।

यसरी खेल्दा धेरै जनालाई सर्पले डस्छ पनि तर उनीहरुलाई केही हुँदैन ।देवी भगवतीको आशिर्वादले गाउँका मानिसहरुलाई सर्पले डस्दा कुनै असर नपर्ने विश्वास ती गाउँलेहरुको रहेको छ ।

उक्त गाउँका मानिसहरु गोमन लगायतका खतरनाक सर्पहरुलाई समेत पक्रेर घरमा राख्दछन् । विश्वकै विषालु सर्पमा पर्ने गोमन सर्प लाई घरमा राखेर त्यहीसँग खेल्ने गर्छन् र जिस्काउँछन् । बालबालिकाहरुले त साना तिना सर्पलाई शिवजीले जस्तै घाँटीमा नै लगाउने गर्छन् ।

नाकपञ्चमीको दिन गाउँमा हजारौं श्रद्धालुहरुले नाग देवताको पूजाआजा गर्दछन् । पुजाआजापछि ती मानिसहरु गाउँ नजिकैको नदीमा गएर सर्प समात्दछन् ।गाउँका सबै मानिसहरु सर्प समात्नमा माहिर छन् ।

यसरी समातेका र घरमा पालेका सर्पहरुको मेला नै लगाइन्छ । यस्तो मेला उक्त गाउँमा ३ सय वर्ष देखि नै चलिआएको परम्परा हो ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्