पल शाहको थुनछेक मुद्दामा सुनवाइ हुँदै


 


पोखरा, जेठ १२
नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह –(पल शाह)को थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ ।

उच्च अदालत पोखरामा बिहीबार थुनछेक प्रयोजनका लागि शाहको मुद्दा पेसीमा चढेको हो । पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको छ ।

उक्त मुद्दामा शाहका म्यानेजर कृष्ण प्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिएको छ । यी सबै मुद्दालाई लगाउमा राखेर बिहीबार सुनुवाइ हुनेछ ।

एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।

प्रकाशित मिति: १२ जेष्ठ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्