गणपती बनस्पतीले काठमाण्डु इन्च्टीच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग


 


काठमाडौं, असार १
गणपती बनस्पती प्रा.लि ले काठमाण्डु इन्च्टीच्युट अफ चाइल्ड हेल्थलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणपती वनस्पती प्रा.लिले सहयोग प्रदान गरेको हो ।

बाल बच्चाहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले डा. भगबान कोईरालाको नेतृत्वमा स्थापित संस्थालाई सहयोग प्रदान गरिएको गणपतिले जनाएको छ ।

इन्टिच्युटद्धारा आयोजित एक कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोईराला, लक्की ग्रुपका अध्यक्ष श्री सतिश कुमार मोर, उपाध्यक्ष श्रवण कुमार मोर तथा राज कुमार मोर, म्यानेजिङ¨ डाइरेक्टर अमित मोर, तथा डाइरेक्टरहरु अनन्ता मोर र राजिब मोरको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरियो ।

स्वर्गिय मुरलीधर अग्रवाल ब्यबसायिक जगतको तत्कालीन समयमा चिर—परिचित नाम हो ।

स्वर्गिय अग्रवालका सन्ततीहरुद्धारा प्रबद्र्धित बिभिन्न उद्योग, ब्यापार — ब्यबसाय, बैकिङ¨, बिमा, पुर्वाधार बिकास लगायतका कम्पनीहरुको नेतृत्व गर्ने गरी लक्की ग्रुपको स्थापना भएको थियो । यसै ग्रुप अन्तर्गतको एक उद्योग गणपती बनस्पती प्रा .ली. रहेको हो ।

गणपती बनस्पती प्रा .ली बिगत २५ बर्ष देखि संचालनमा रही देशको अर्थतन्त्रमा टेवा पुर्याउदै आएको परिचित कम्पनी हो, यस कम्पनीले संचालनको बिभिन्न काल खण्डमा स्बदेश तथा बिदेशमा बिपद ब्यबस्थापन, बैज्ञानिक आबिस्कार, बिद्यालय, धार्मिक मठ मन्दिर, बाढि पहिरो, बिपन्नको उपचार, भौतिक पुर्बाधारको लागि सहयोग गरी रहेको कम्पनीले विज्ञप्ती मार्फत जनाएको छ ।

प्रकाशित मिति: १ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्