तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य


 


काठमाढौं, असार ९
सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिनयता चाँदीको मूल्य घट्दो क्रममा छ ।

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्