चर्चित भारतीय गायक मेहन्दी पक्राउ



एजेन्सी, असार ३१
चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ परेका छन् । मानव तस्करीको मुद्दामा पञ्जाबको पटियाला अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मानव तस्करीको मुद्दामा सन् २०१८ मा पटियाला अदालतले दुई वर्षको जेल सजाय सनाएको थियो। फैसलाविरुद्ध उनले अदालतमा चुनौती दिएका थिए । तर उक्त मुद्दामा सुनुवाइ गर्दै बिहीबार अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन् ।

उनलाई पटियाला जेलमा राखिएको छ। सो फैसलाविरुद्ध उनी उच्च उदालत गएका थिए। तर बिहीबार अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन्।

उनलाई सन् २००३ मा अवैध रुपमा मानव ओसारपसार गरेको मुद्दामा पटियाला अदालतले दोषी ठहर गरेको हो।

दलेर मेहन्दी र उनका भाइ शमशेर सिंहमाथि प्रशासनलाई छलेर केही व्यक्तिलाई आफ्नो टीमसँगै विदेश लगेको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News