दीपक-दीपाको नयाँ फिल्म ‘श्री माग्‍ने राजा’मा मलिना र बेनिशा अनुबन्ध



काठमाडौँ, साउन ८
चुपचाप फ्लोरमा गएको दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माण रहने फिल्म ‘श्री माग्ने राजा’ले हिरोइनको रुपमा पूर्व मिस नेपाल मलिना जोशी र अभिनेत्री बेनिशा हमाललाई अनुबन्ध गरेको छ ।

‘छक्का पञ्जा ४’ राख्ने वा ‘श्री माग्ने राजा’ राख्ने दोधारबीच निर्माण टिमले ‘श्री माग्ने राजा’को नाममा फिल्मको काम अगाडि बढाएको हो । फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्ममा बेनिशा हमालले दीपकराज गिरीको जोडीको रुपमा अभिनय गर्नेछिन् ।

बेनिशाले लामो समयपछि अभिनय गरेको ‘प्रेमगन्ज’ प्रदर्शनको तयारीमा रहेको छ । मलिना जोशी पनि रानी पछि लगभग फिल्मविहीन थिइन् । फिल्मभित्र उनको भूमिका भने सार्वजनिक भइसकेको छैन ।

यो फिल्ममा दीपाश्री निरौला पनि कलाकारको भूमिकामा रहनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News