एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ


 


काठमाडौं, साउन ११
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज सार्वजनिक हुँदै छ । मंगलबार बसेको परीक्षा राष्ट्रिय परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ ब्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

गत बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु सहभागी भएका थिए ।

नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्