कुकुरले गर्दा विहेको प्रस्ताव अस्वीकार


 


एजेन्सी ।

केटा वा केटीले एक अर्कालाई मन नपराएका कारण विहेका प्रस्ताव अस्वीकार हुने गरेको त सुनिएकै छ । र स्वभाविक पनि हो एक अर्कासँग जीवन बिताउनु पर्ने भएकाले एक अर्कालाई मन नपराएर विहेको प्रस्ताव अस्वीकार हुनु ।

तर कहिले काँही मान्छे मन पर्दापर्दै पनि कुकुर मन नपरेका कारण समेत विहे नहुन सक्दो रहेछ ।

यस्तै भएको छ हाम्रो छिमेकी मुलुक भारतको बेङ्लोरमा ।

त्यहाँकी एक युवतीले आफ्नो कुकुर मन नपराएको भन्दै एक युवकसँगको विहेको प्रस्ताव अस्वीकार गरेकी छन् ।

करिश्मा वालिया नामकी ती युवतीले आफुले कुकुरकै कारण विहे प्रस्ताव अस्वीकार गरेकी भनिएका एक युवकसँग ह्वाट्सएपमा भएको कुराकानी फेसबुकमा पोष्ट गरेकी छन् ।

सो फेसबुक पोष्टमा केटाकेटीका बीच भएको कुराकानी रहेको छ ।कुराकानीमा केटा चाँहीले केटीलाई उनको कुकुर छाड्न मनाउने कोसिश गरिरहेको छन् ।

करिश्माका अनुसार ती युवकसँग आफ्नो मागी विहेको प्रस्ताव आएको थियो ।

अन्य कुराकानीमा केटा ठिकै थियो र राम्रो कमाउँथ्यो । तर जब करिश्माले आफ्नो कुकुरसँगै राख्न चाहेको बाइन् तब युवकलाई करिश्माको त्यस्तो ईच्छा मन परेन । उनले त्यो कुकुरलाई छाड्न भने ।

कुराकानीका क्रममा ती युवकले करिश्मालाई प्रस्ट भनेकि उनीहरुको प्रेमको बीचमा कुनै कुकुर आएको र  कुकुरले ओछ्यान सेयर गरेको कुरा मन पराउँदैनन् ।

साथै आफ्नी आमालाई पनि कुकुर मन नपर्ने कुरा युवकले बताएका छन् । जीवनको कुनै उमेरमा कुकुर मन पर्ने तर त्यस्तो मन पराई अस्थायी कुरा रहेको भन्दैउनले कुकुरको साथ छोड्न करिश्मालाई भनेका छन् । तैपनि करिश्माले कुकुरको साथ छाड्न मानेकी छैनन् ।

त्यसपछि ती युवकले म्यासेजकै क्रममा रिसाउँदै त्यसो भए कुकुर सँगै विहे गर भनेर पनि लेखेका छन् । युवकको यस्तो व्यवहार देखेपछि करिश्माले पनि आफ्नो प्यारो कुकुरलाई छाडेर ती युवकसँग विहे नगर्ने फैसला गरेकी छन् ।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्