‘छक्का पञ्जा’ युएईका आठ शहरमा एकसाथ प्रदर्शन हुने


 


chhakka-panja-trailerकाठमाडौं, कात्तिक २२

नेपाली फिल्मको विजनेसमा ऐतिहासिक रेकर्ड कायम गरेको फिल्म ‘छक्का पञ्जा’ युएईका आठ शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । आगामी नोभेम्बर १० तारिक देखि युएईका बिभिन्न ८ शहरका १७ थियटरमा एकसाथ फिल्म लाग्ने भएको हो ।

‘छक्का पञ्जा’ युएईको बरदुबई, क्यारिफोर सिटीसेन्टरको भोक्स सिन्धगा सिनेमा हलमा दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको नेसनल सिनेमाहल र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा, युएईकै अलऐन शहरको अलऐन मलको स्टार सिनेमा हल, अजमानको सिटी सेन्टरको भोक्स, र सअलखेमाको गल्फ सिनेमा र फुजेराहको सिटी सेन्टरको भोक्स हलमा एकसाथ लाग्ने भएको हो ।

युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली फिल्मलाई वैधानिक रुपमा युएईमा अक्टोबर १४ तारिक देखि युएईमा फिल्म वीर बिक्रमको प्रदर्शनीसँगै नियमित प्रदर्शन सुरु भएको थियो ।

प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने धेरै नेपालीलाई लक्षित गर्दै नेपाली फिल्मको नियमित प्रदर्शन सुरु गरिएको हो । युएईमा फिल्म प्रदर्शनको चाँजोपाँजो मिलाएकै कम्पनिले छिट्टै नै कतार, बहराईन ओमन र थाइल्याण्डमा पनि यो व्यवस्था मिलाउन लागेको बताईएको छ ।

दीपाश्री निरौला निर्देशिल छक्का पञ्जामा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्