नेपाल बैंकले ल्यायो डबल धमाका मुद्दती खाता


 


काठमाडाैं, साउन १२
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।

व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम छ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ ।

त्यसै गरी रेमिट्न्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा छ बर्ष ११ महिना २ दिनमा दुईगुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् ।

नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गरिरहेकाे नेपाल बैंकले जनाएकाे छ ।

प्रकाशित मिति: १२ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्