रणवीरविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता


 


एजेन्सी, साउन २५
बलिउड अभिनेता रणवीर सिंह अहिले न्यूड फोटोसुट प्रकरणका कारण समस्यामा परेका छन् ।

एक एनजीओ अफिसरले मुम्बई प्रहरीमा हालेको एफआईआरपछि अब रणवीर सिंहविरुद्ध कलकत्ता उच्च अदालतमा पत्रिकाको प्रति जफत गर्न उजुरी दर्ता गरिएको छ ।

जसमा रणवीरको नग्न फोटोसुट भएको ‘पेपर म्यागजिन’ का सबै छापिएका प्रतिहरू जफत गर्न आदेश दिन अदालतमा अपिल गरिएको छ ।

कलकत्ता उच्च अदालतमा रणवीर सिंह विरुद्ध उजुरी दर्ता गर्दा, उजुरीकर्ताले अदालतलाई पश्चिम बंगाल सरकार र यस मामिलासँग सम्बन्धित सबै अधिकारीहरूलाई २३ जुलाई मा प्रकाशित रणवीर सिंहको फोटोसुट भएको पेपर म्यागजिनका सबै छापिएका प्रतिहरू जफत गर्न निर्देशन दिन अनुरोध गरेको छ ।

यसका साथै पश्चिम बंगाल राज्यमा रहेको अन्तर्राष्ट्रिय पत्रिकाको वेबसाइट ब्लक गर्न पनि उजुरीमा माग गरिएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्