दशैंको छेको पारेर असोज १४ मा आउने भयो बाबरी



काठमाडौं, साउन ३०
अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको हो ।

अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ ।

बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मका गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेका छन् ।

पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News