‘इन्गेजमेन्ट तोड्ने निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा हो’


 


काठमाडौं, भाद्र १
गायिका मेलिना राईले इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णय ‘पितृसत्तात्मक सोचको विरुद्ध’ भएको बताएकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन् ।

उनले इन्गेजमेन्ट गर्ने आफ्नो निर्णय ‘समाजमा विद्यमान जातीय विभेदविरुद्ध’ रहे पनि त्यसलाई तोड्ने निर्णय पितृसत्तात्मक सोचका विरुद्ध रहेको बताइन् ।

उनले समाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो पहिलो निर्णय – समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोश्रो निर्णय – पितृसत्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’

गायिका राईले गत साउन २० गते प्रेमी सञ्जीव बराईलीसँग ईन्गेजमेन्ट तोडेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्