अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो


 


काठमाडौं, भाद्र १
गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८र७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ ले घाटामा रहेको छ ।

अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालू खाता १ वर्षमा ५ अर्ब १७ करोडले घाटामा पुगेको छ ।

गत आर्थिक वर्षको १२ महिनामा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । निर्यातआयात अनुपात १० दशमलव ४ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत मात्र रहेको थियो । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको बढोत्तरीका कारण व्यापार घाटा बढेको हो । राजधानी दैनिकबाट

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्