Deshko News
१३ आश्विन २०८०, शनिबार

भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवको अवस्था गम्भीर



एजेन्सी, भाद्र ३
भारतीय हाँस्य व्यंग्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था फेरि गम्भिर भएको छ । ९ दिनअघि अस्पताल भर्ना गरिएका श्रीवास्तवको अवस्था बीचमा केही समय सुधारोन्मुख देखिएपनि पुनः बुधबारदेखि गम्भीर भएको हो ।

श्रीवास्तवलाई १० अगस्टमा करसत गर्दै गर्दा हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो। दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरेर उनलाई सोही दिन राति ‘एंजिययोप्लास्टी’ गरेर उपचार गरिएको थियो। त्यसपश्चात पनि उनको होस नआएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखेर निगरानी गरिएको थियो।

बुधबार राति उनको स्वास्थ्यमा केही सुधार आएको जस्तो देखिएपछि एक घण्टाका लागि भेन्टिलेटर सपोर्ट हटाइएको थियो। तर, पुनः उनलाई ज्वरो आउनेजस्ता समस्या देखिएपछि भेन्टिलेटर सपोर्टमै राखिएको छ।

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News