पल शाहको मुद्दामा तोकियो पेसी : तनहुँमा ८ गते, नवलपरासीमा १५ गते



काठमाडौं, भाद्र ८
बालिका बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा पेसी तोकिएको छ । शाहविरुद्ध जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासी सुस्ता पूर्व नवलपुरमा जबर्जस्ती करणीसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता छन् ।

शाहका कानुनी सहयोगी अधिवक्ता कमलमोहन वाग्लेका अनुसार नवलपुर जिल्ला अदालतमा भोलि ८ भदौ र तनहुँ जिल्ला अदालतमा १५ भदौका लागि पेसी तोकिएको छ ।

उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।

यी दुवै अदालतले यसअघि भएको थुनछेक बहसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए । त्यसपछि शाहले उच्च अदालतमा पुनरावलोकन रिट दर्ता गराए पनि आदेश आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News