नेपाली अभिनेत्री मुना रणवीरसँग फिल्म खेल्दै


 


काठमाडौं, भाद्र १०
नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सि‌हसँग फिल्ममा अभिनय गर्ने भएकी छन् ।

बिहीबार रणवीर र आफ्नो सेल्फी पोस्ट गर्दै उनले चाँडै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् ।

तर कुन फिल्ममा अभिनय गर्न लागेको भन्ने बारेमा भने उनले खुलाएकी छैनन् । सेल्फीमा रणवीर र मुना दुवै प्रफुल्ल देखिन्छन् ।

नेपाली फिल्म ‘जालो’बाट अभिनय करिअर सुरु गरेकी मुना पछिल्लो समय मुम्बईमा रहेर मोडलिङ र अभिनयमा संघर्ष गरिरहेकी छन् ।

सन् २०१९ मा क्लासिक डायमन्ड र मिस इको इन्टरन्यासनलको उपाधि जितेकी मुना त्यसपछि मुम्बई पुगेकी थिइन् । उनी एमटीभीको सुपरमोडल सिजन २ मा पनि प्रतिस्पर्धी थिइन् ।

हालैको एक अन्तर्वार्तामा उनले बलिउड सपना पूरा गर्ने आफ्नो धोको रहेको बताएकी थिइन् ।

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्